www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको घिरिङमा महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था

तनहुँ ।

Lama collectio News Middle

जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिएका छन् । २८ वर्षको उमेरमा एकल महिला बनेकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गरेका हुन्।

सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो (नौनी फल) लगायतका बिरुवा उत्पादन गर्दै आएका छन् । “करीब तीन वर्षको अवधिमा फल दिन शुरु गर्ने जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएकी छु”, उनले भने, “प्रतिबिरुवा २०० मा बिक्री गर्छु ।”

कफीका ४० हजार बोटमध्ये १० हजार बिक्री भइसकेका छन । उत्पादन गरेको आठ हजार एभोकाडोका बिरुवा सकिएका छन् भने आँप र कागतीका केही बिरुवा बाँकी छन् । एकल महिलाले नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्ने, कफीका बिरुवा रोप्ने, माटो सङ्कलन गर्नेलगायतका काम गर्ने गरेका सञ्चालक सेतीमायाले बताए ।

विसं २०७६ वैशाखदेखि नर्सरी स्थापना गर्नुभएकी उहाँले विभिन्न जातका बिरुवा उत्पादन गरेर रोजगारी प्रदान गर्नुका साथै आफ्नो घरखर्च राम्रैसँग चलाउँदै आएका छन् । शुरुमा एक लाखबाट नर्सरी स्थापना गरेकी उनले हालसम्म करीब तीन लाख खर्च गरिसकेको बताए ।

टिमुर, शितल चिनीलगायतका बिरुवा पनि उत्पादन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, “करीब ५० हजार बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरी रहेकाले अबको पालोमा बिरुवा उत्पादनमा वृद्धि गर्ने योजना बनाएको छु ।” विभिन्न स्थानमा पाइने बीउ नर्सरीसम्म ल्याइदिन अर्का नर्सरी सञ्चालक पुष्कर विश्वकर्माले सहयोग गर्दै आएका उनले बताए ।

गाउँपालिकाद्वारा अनुदान

घिरिङ गाउँपालिकाले नर्सरी सञ्चालक सेतीमायालाई एक लाख अनुदान सहयोग गरेको छ । उनले ५० प्रतिशत छुटमा एभोकाडोका बिरुवा उपलब्ध गराइएको बताए । ७५ गाउँपालिकाको र ७५ कृषकले व्योहोर्ने गरी ७०० बिरुवा उपलब्ध गराइएको छ ।

एभोकाडोको बिरुवाप्रति स्थानीयको आर्कषण बढ्दै गएको छ । तीन वर्षको अवधिमा फल्न शुरु गर्ने एभोकाडो रोटी तथा पाउरोटीमा जामको रुपमा प्रयोग गरी खान सकिन्छ । खेती गर्न सजिलो हुने एभोकाडोमा सबै प्रकारका भिटामिन प्रचुरमात्रामा पाइने हुनाले यसतर्फ मानिसको आकर्षण बढ्दै गएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery