www.tandavnews.com
Fact ~ In search of truth

योजना आयोगका नासु सिंहदरबारभित्रै मृत भेटिए , आत्महत्याको शंका

काठमाडौं ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।

उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले शवको मुचुल्का उठाइरहेको छ। वृत्तका डिएसपी कौशल बुढाथोकीको नेतृत्वमा रहेको टोली घटनास्थलमा छ।

Batas

नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। योजना आयोगका एक कर्मचारीका अनुसार मंगलबार कार्यालय खुलेसँगै उनको मृत्युको विषय खुलेको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.