www.tandavnews.com
Fact ~ In search of truth

लेकसाईड २४ सै घण्टा खुल्नुपर्छ: प्रहरी प्रमुख महानिरीक्षक खनाल

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लेकसाईड क्षेत्र २४ घण्टा खोल्नका लागि आफु सकरात्मक रहेको बताएका छन् ।

Batas

पोखरामा मंगलबार राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको सहयोगमा नवनिर्मित संघीय प्रहरी ईकाइ कार्यालयको भवनको उद्घाटन तथा ब्यारेकको शिलान्यास गर्दै महानिरीक्षक खनालले यस्तो अभिब्यक्ति दिएका हुन ।

उनले पर्यटकीय शहर पोखराको लेकसाइड २४ सै घण्टा खोल्नुका लागि स्थानीयले नै पहलकदमी थाल्नुपर्ने बताए ।खनालले स्थानिय निकाय, प्रशासन र पर्यटन व्यवशायी हरुवीच सहकार्य गरी प्रहरीलाई सहज ढंगले काम गर्ने गरी २४ सै घण्टा खुल्ला गराउनतर्फ लाग्नुपर्ने धारणा राखे ।

प्रहरीले २४ र घण्टा खुल्ला गर्दा शान्ति सुरक्षा अमन चयन गराउने काम भएतापनि पोखरा महानगर, जिल्ला प्रशासन र पर्यटन ब्यवशायीहरुले एक किसिमको नीति निर्माण गर्नुपर्ने समेत उल्लेख गरे ।

महानिरीक्षक खनालले लेकसाईडका केही रेष्टुरेण्ट तथा बारहरु राती अबेरसम्म चल्ने हुदा जथाभावी होहल्ला गर्ने र चर्को आवाजका मोटरसाइकलहरु जथाभावी रुपमा चलाउनेहरुलाई कानुनी कारबाहीमा ल्याउन कास्की प्रहरी र नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेलाई निर्देशन समेत दिएका थिए ।

संघीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक पुजा सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी वल नेपाल मुक्तिनाथ बाहिनी पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डे, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय पोखराका प्रमुख कुलदेव थापा, सशस्त्र प्रहरी वल कालिका गण्का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धान कास्कीका प्रमुख भुमि पाठक, कास्कीका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न ब्यवशायीहरु, नागरिक समाज र पत्रकारहरुको सहभागीता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.