www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका मालपोत अधिकृत अबिनाश ५९ हजार घुस सहित रङ्गेहात पक्राउ

पोखरा

ताण्डव न्यूज ।

मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस लिदाँलिदैं रङ्गेहात पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा मालपोत अधिकृत अबिनाश कुँवरलाई आज (मंगलबार) बेलुकी करिब साढे ६ बजे मुस्ताङचोक स्थित सोमु मम खाजा घरबाट पक्राउ गरेको हो ।
सेवाग्राहीलाई जग्गाको मुल्य हेरी राजस्वमा कम गर्ने भन्दै उनले नगद ५९ हजार रुपैयाँ घुस लिएको स्रोतले बताएको छ ।

Batas

जग्गाको मुल्य हेरी राजस्वमा कम गर्ने भन्दै अधिकृत कुँवरले सेवाग्राहीलाई केही दिन देखी रकम बार्गेनिङ गरेको प्रारम्धिक अनुसन्धानमा खुलेको स्रोतले बताएको छ । उनलाई पक्राउ गरेसँगै थप अनुसन्धानका लागिअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले हिरासतमा राखेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.