www.tandavnews.com
Fact ~ In search of truth

सिम्रिकमाथि प्राधिकरणको रोक ,पोखरा लगायतका सहरमा जहाज उडाउन नपाउने

काठमाडौं ।

सिम्रिक एयरलाइन्सलाई नेपाल नागरिक उड्यन प्राधिकरणले जहाज उडानमा रोक लगाएको छ।

स्वीकृत नगराएका पाट पूर्जा प्रयोग गरेको भन्दै प्राधिकरणले उडानमा रोक लगाउने निर्णय गरेको जनाइएको छ। पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुधार हुन नसकेको भन्दै उडानमै रोक लगाइएको प्राधिकरण स्रोतले जनाएको छ ।

Batas

यसअघि पनि मनोमानी पाट पूर्जा प्रयोग गरेको पाइएको थियो। अहिले पुन भेटिएपछि प्राधिकरणले रोक लगाएको हो । पाटपुर्जा मनोमानी प्रयोग गर्दा हवाइ सुरक्षामा गम्भीर असर पर्ने गरेको प्राधिकरणको भनाई छ ।

उडानमा रोक लगाएसँगै सिम्रिकका पाँच वटा जहाज ग्राउण्डेड भएका छन्। सिम्रिककले काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गर्दै आएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.