www.tandavnews.com
Fact ~ In search of truth

पुलिस स्कुललाई सहयोग गर्ने प्रहरी महानिरीक्षक खनालको प्रतिवद्दता

तनहुँ।

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले तनहुँको बेलचौतारामा नेपाल प्रहरीद्धारा सञ्चालित स्कुलको निरीक्षण गरेका छन् ।

खनालले नेपाल प्रहरी कल्याणकारीद्धारा सञ्चालित नेपाल पुलिस स्कुलको कक्षा कोठा, कार्यालय भवन,छात्रा होस्टल, स्नान गृह तथा शौचालय निरीक्षण गरेका हुन।निरीक्षक पश्चात् विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै खनालले शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

Batas

नेपाल पुलिस स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै खनाले आगामी दिनमा अझै गुणस्तरिय शिक्षा प्रदान गरि यस क्षेत्रकै नमुना बिद्यालय बनाउनु पर्नेमा जोड दिए ।खनालले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागी संगठनको तर्फबाट आबश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बिनोद शर्मा घिमिरे , जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक बिनोद सिलबाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख बिरेन्द्र कुमार बस्यालको उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.