www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जन्माष्टमीका दिन शोभा यात्रा गरिने

बिनिता सुनार,
ताण्डव न्यूज ।

श्रीकृष्णा जन्म अष्टमीको अवसरमा विश्वहिन्दु महासंघ नेपालले ‘श्रीकृष्ण जन्म अष्टमी शोभायात्रा’को आयोजना गर्ने भएको छ ।

भाद्र ६ गते शुक्रबार पोखराको कोमागाने पार्कमा हुने शोभायात्राको जानकरी दिइएको हो ।महान सन्तश्री हरिहर शन्यास आश्रमका पीठधीश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज लगायतको उपस्थितिमा कार्यक्रम हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मेनुुका बरालले जानकारी दिइन् ।

बिहान १० बजे पोखरा सभागृहचोक देखि कोमागाने पार्क सम्म विभिन्न झाँकी सहित र्याली हुने उनले बताइन् । धर्म संस्कार र संस्कृतिमाथि विभिन्न तवरले आक्रमण भइरहेको विद्यमान अवस्थामा हाम्रा चाडपर्व रीतीरिवाजलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हिन्दु महासंघका अध्यक्ष पार्वता पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा भगवान श्रीकृष्णाको रथारोहण सहित सद्गुरुहरुको अभिनन्दन, भजन चुट्का प्रतियोगिता, झाँकीप्रर्दशन, राधाकृष्णा प्रतियोगिता र उत्कृष्ट सहभागी संस्थालाई पुरस्कारको समेत व्यवस्था गरिएको महासंघका केन्द्रिय उपाध्य क्षशंखर खनालले बताए ।

खनाललका अनुसार भजनतर्फ क्रमश ३०, २०, १० हजार रुपैया प्रदान गरिनेछ, शोभायात्रामा सहभागी हुने प्रत्येक सहभागी टिमलाई ५ हजार रुपैया दिइनेछ । राधा, कृष्णको पुरस्कार अनुसार क्रमश ५, ३, २ हजार रुपैयाँ दिइनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.