
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि आज फेरि सिंगापुर जादैँ छन् ।
सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली आज फेरि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएको जनाइएको छ ।
मृर्गौला रोगी ओलीलाई परिवर्तन गर्नुपरेको औषधीले काम नगरे पछि ओली फेरि उपचारका लागि सिंगापुर जानुपर्ने भएको हो ।

चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।प्रधानमन्त्रीको सचिवालय स्रोतको अनुसार ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जानेछन् ।
प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन ।
नयाँ औषधिले काम नगरे नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ओलीले के गर्ने भन्ने निश्चित नभएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.