
पर्वत
पर्वतकाे कुस्मा नगरपालिका २ खुर्काेटमा घर भत्किँदा बुधबार राती एक जनाकाे ज्यान गएकाे छ। घरमा सुतिरहेकाे अवस्थामा स्थानिय ७० बर्षिय रेमबहादुर चालिसेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीले बताए।
घर भन्दा माथि रहेकाे सडककने नालीमा अाएकाे पानी घर पछाडिकाे खेतमा सिचाईँका लागि लगाइएकाे र साेही पानीका कारण खेतबाट अाएकाे पहिराेले घर भत्काउँदा घरमा सुतिरहेका चालिसेकाे पुरिएर ज्यान गएकाे स्थानिय गुप्तनिधि शर्माले जानकारी दिए। रातीकाे समयमा भएकाेले घर कतिबेला भत्कीएकाे हाे भन्ने थाहा नहुँदा उनकाे उद्वारमा ढिलाे भएकाे हाे।

प्रहरी निरीक्षक रायमाझीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाे कमाण्डमा गएकाे प्रहरी टाेलीले बिहीबार बिहान एक्साभेटरकाे सहायताले मृतक चालिसेकाे शव बाहिर निकालेकाे हाे। घरमा श्रीमान श्रीमती बस्दै अाएकाेमा श्रीमती भने छाेरीकाे घरमा बस्न गएकाले घटनामा श्रीमानकाे ज्यान गएकाे हाे। उनकाे शवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल पर्वतमा राखिएकाे छ। स्थानिय गुप्तनिधि शर्माका अनुसार मृतक चालिसे खुर्काेटबाट एसएलसी पास गर्ने पहिलाे ब्यक्ती हुन।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.