www.tandavnews.com
Fact ~ In search of truth

बारपाकमा भूकम्पले विस्थापित बस्तीमै पहिरो पस्यो, राहतको ब्यवस्था गर्न सरकारलाई सांसद दवाडीको आग्रह

पोखरा ।
बुधबार रातीको भिषण बर्षापछि आएको पहिरोले बारपाक २ रुतुक गाउँका १२ घर बिस्थापित भएका छन् । तीनघण्टासम्म आएको बर्षासँगैको पहिरोले स्थानीयको घरसँगै हस्त कृषि तथा पशुपंक्षी फर्म समेत बगाएको छ । साथै घरमै पहिरो पसेपछि स्थानीयले गाउँ छाडेका छन् । विस्थापितहरुले भैंसीको गोठमा रात विताएको स्थानीयले जानकारी दिए ।

पहिरोले गाउँ नै विस्थापित भएपछि गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले दुख ब्यक्त गर्दै सरकारले तत्कालै बिस्थापितहरुलाई राहतको ब्यवस्था गर्नुपर्ने बताएका छन् । ‘गाउँ नै विस्तापित भएको छ,’ उनले भने, ‘भूकम्पले ध्वस्त पारेको घर बनाई भ्याउँला नभ्याउँदै अर्काे आपत आईलागेको छ । सरकारले तत्कालै उचित मुआब्जाको ब्यवस्था गरोस् ।’

बिभिन्न गाउँका ३२ घरधुरी २०७२ सालको भूकम्पबाट बिस्थापित भएर रुतुकामा बस्दै आएका थिए । थलीडाँडा, पैलम, दरगङबाट त्यहाँ सुरक्षित छ भनेर आएका थिए । त्यहाँ पनि गतरातीको पहिरोले विस्तापित बनायो । बारपाक ठूलो गाउँको नालाबाट आएको बाढीले विस्थापित भएर बनेको गाउँ बगाएको स्थानीयले जानकारी दिए । उनले स्थानीय तहले पनि तत्कालै राहतको कार्यक्रमहरु लैजानुपर्ने बताए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.