www.tandavnews.com
Fact ~ In search of truth

२५ हजार धरौटी तिर्न नसक्दा विप्लवका कार्यकर्ता  नैनसिंह धामी  कारागार चलान

बैतडी ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन्।

पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्। बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो।

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो। धामी सो पार्टीका गाउँ कमिटी सदस्य रहेका थिए। उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो।

त्यस्तैै गत असार २३ पक्राउ परेका पाटन नगरपालिका– १० हतास घर भई नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि प्रहरीले सार्वजनिक हितविरुद्धको मुद्दा चलाएको छ। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.