www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डको टिप्पणीः कम्युनिस्ट नेतामा राजा–महाराजाको प्रवृत्ति देखिन थाल्यो

काठमाडौं।

चरित्र नसुधारे नेपालका कम्युनिस्टलाई जनताले लखेट्ने दिन आउन सक्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरुमा राजा–महाराजको प्रवृत्ति देखिन थाले टिप्पणी गर्दै यस्तो बताएका हुन् । प्रचण्डले यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वी युरोपमा जस्तै राजा महाराजाविरुद्ध लडेका जनताले नै कम्युनिस्टलाई लखेटेजस्तै हाम्रो देशमा पनि त्यो अवस्था आउन सक्ने बताए ।

अध्यक्ष प्रचण्डले नेताहरुले आचरण सुधारेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले कम्युनिस्ट नेताहरु राजा महाराजा बनेपछि जनता राजा –महाराजाका विरुद्ध लडेको जनमत नै कम्युनिस्टका विरुद्ध लाग्ने बताए ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा अनुशासनहीन गतिविधि बढ्दै गएको र जसलाई जे मन लाग्यो त्यही बोल्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.