
सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।
गैर आवासीय नेपाली सँघ (एनआरएन) बेलायतको युवा संयोजकमा नविन गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् ।
आगामी सेप्टेम्बर १४ तारिखमा बेलायतमा हुने निर्बाचनका लागि उनले युवा समिति तर्फको संयोजकमा उमेद्वारी दिने घोषणा गरेका हुन ।बेलायतमा रहेर मिडिया क्षेत्रमा काम गर्दै आएका तनहुँ कोत्रेका गुरुङले युवाहरुको नेतृत्व चुस्तता र एकिकृत गर्ने उद्देश्य सहित आफुले उमेद्वारी दिन लागेको बताए ।

अन्र्तराष्ट्रिय नेपाली फुटबल लिग (International Nepalese football League) का संस्थापक समेत रहेका उनले खेल क्षेत्रमा स्थापित हुन चाहने नेपाली युवाहरुलाई सहयोग गर्न र अग्रणी भुमिकामा ल्याउन पहल गर्ने बताए ।
युवा संयोजक बन्नका लागि आफुले बिगतमा गरेको कार्यहरु नै प्रर्याप्त रहेको बताउदै गुरुङले बेलायतमा रहेका हरेक क्षेत्रका युवाहरुलाई एउटै मालामा गाँस्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले युवाहरुको तर्फबाट मुल समितिलाई गर्नुपर्ने सहयोगमा कुनैपनि कमि नगर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए ।
गुरुङ फुटबल खेलाडी, मिडियाकर्मी मात्र नभएर सफल युवा ब्यबसायी समेत हुन् । उनले बेलायतमा रहेका नेपालीहरु बिचको सामाजिक भावनालाई एकता गर्न र बलियो बनाउनका लागि र बिभिन्न बिषयमा सचेतनामुलक कार्यहरु समेत गर्दै आएका छन ।
गुरुङले बिगत एक दशकदेखी बेलायतमा नेपाली चलचित्र प्रदर्शन गर्नुका साथै शृङखला खतिवडाको समन्यवमा बिभिन्न च्यरिटीको आयोजना समेत गरिसकेका छन ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.