www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार ओम हमाल पक्राउ प्रति पत्रकार महासंघ कास्कीको आपत्ति, निशर्त रिहाईको माग

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालक/सम्पादक ओम हमाल पक्राउ परेका छन् ।

कास्की प्रहरीले शिशुवाबाट हमाललाई पक्राउ गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार पक्राउ प्रकरणप्रति खेद व्यक्त गर्दै पत्रकार हमाललाई निशर्त र यथाशिघ्र रिहाईको माग गरेको छ । भ्रष्टचार, अन्याय र बेथितिका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हमाल जनपत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी धौलागिरीका संयोजक हुन् ।

यसैबीच हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष त्रिभुवन पौडेलद्धारा जारी विज्ञप्तिमा केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित देशभर पत्रकारहरु माथी धरपकड गरेको र पत्रकार लुकी लुकी हिड्नुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गरिएको छ ।

समितिले यस्ता कार्य तत्काल बन्द गर्न र पत्रकारहरुलाई स्वतन्त्रपुर्वक काम गर्न दिन तथा पत्रकार हमालको स –सम्मान रिहाइको जोडदार माग गरेको गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.