www.tandavnews.com
Fact ~ In search of truth

समलिङ्गीको कथामा फिल्म ‘मारुनी’

बिनिता सुनार
पोखरा,ताण्डव न्यूज ।

केहि बर्ष अघि समलिङ्गी कथामा दिया मास्के र निशा अधिकारीले अभिनित फिल्म ‘सुनगाभा’ फल्प भयो । अपेक्षा अनुरुप चलेन । आगामी भदौ १३ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘मारुनी’ पनि समलिङ्गी कथामा बनेको छ ।

मारुनीको शाब्दिक अर्थ मादलको तालमा महिलाको भेषको एउटा पुरुष नाच्ने भएपनि फिल्ममा त्यो कथा नजोडिएको शुक्रबार आयोेजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक नवल नेपालले बताए । उनका अनुसार साम्राज्ञी र पुष्पको अभिनय र क्रेजका कारण फिल्म चल्ने मुख्य आधार रहेको नेपालको भनाई छ ।

Batas

यस्तै एक समय आर्यन सिग्देल भ्रसटाइल हिरो रुपमा परिचित थिए अहिले उनको करियर खस्कदो छ । यद्यपी आर्यान सिग्देललाई रिप्लेस गर्ने कुनै कलाकार आजसम्म आएका थिएनन् । तर पछिल्लो समय पुष्पल खड्कालाई आर्यन सिग्देलसँग रिफलेक्स गर्न सकिने गरी चलचित्र क्षेत्रमा बिस्तृत गरिएको छ ।

पुष्पलले मंगलम फिल्मबाट आफुलाई स्थापित गर्दै आएका छन भने उनको अभिनय र डान्सले पनि दर्शकहरुको क्रेज बढेको देखिन्छ । पुष्पको माग बढेपनि उनी छायाँमा परेको जस्तै देखिन्छ । यसै बिषयमा कुरा गर्दा फिल्मका नायक पुष्पल खड्काले फिल्ममा हिडन भयो भएन भन्ने उसको अभिनयले निर्धारण गर्ने बताएका छन् । पुष्पका अनुसार फिल्ममा स्क्रिप अनुसारको अभिनयमा न्याय दिन सकिएन भने मात्र छायाँमा पर्ने उनको बुझाई छ ।

ड्रिम्स फिल्मबाट डेब्यू गरेकी नायिका साम्राज्ञीले पहिलो फिल्मबाट दर्शकको राम्रो प्रशंसा पाएकी थिइन् । हाल साम्राज्ञी आफ्नो प्रर्सनल कन्ट्रोभर्सि परेकी छिन्, त्यसैको कारणले पनि फिल्म ‘मारुनी’ चल्ने सक्ने देखिन्छ । किनकी बलिवुडमा प्रायः चलचित्र रिलिज हुने बेलामा नै विभिन्न कन्ट्रिोभर्सिहरु बनाइन्छ, त्यसकारण त्यसैको पनि फिल्म चल्न सकिने आधार देखिएको छ ।

५ बर्षअघि ‘अझै पनि’ फिल्म निर्माण गरेकी पुनम गौतमले अहिले छुट्टै कथामा मारुनी लिएर आएकी छिन् । त्यस फिल्मबाट साम्राज्ञीलाई जति दिन सक्ने हो, त्यही नै पाउँछु भन्ने आसले निर्माता गौतमले १५ लाख खिर्चिएको बताइन । उनका अनुसार यो फिल्ममा साम्राज्ञीले मात्र नभई सबैले आफ्नो–आफ्नो पारिश्रमिक पाएका छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्य लगायको अभिनय रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.