www.tandavnews.com
Fact ~ In search of truth

दलित अगुवा भवे सार्कीको स्मृतिमा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण

पोखरा।

दलित आन्दोलनका अगुवा समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरि सहयोग सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीकी नेतृ सरस्वती गुरुङले भवे सार्की निरङ्कुस सत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने योद्धा र सबैको नेता रहेको बताइन ।उनले भनिन्,‘ मलाई मानव भएर बाच्न पाउनुपर्छ भन्दै अभियान थाल्ने सजक नेता गुमेको आभास अझै भइरहेको छ। सहज बाताबरणमा जो पनि हिड्नसक्छ , तर भवे सार्की परिवारको मात्र नभइ सिङ्गो राज्यकै समस्या बोकेर भोक भोकै देशको लागि हिडे ।’

Batas

सार्कीले राजनीति साथसाथै शिक्षाको क्षेत्रमा समेत अमुल्य योगदान पुर्याएको गुरुङले बताइन् । ‘भवे दाइको समयमा परिवर्तन हुन निकै कठिन थियो अहिले केही सहज छ, अब टेक्नोलोजीमा जानू पर्छ, देशको छुवाछूत , बिभेदको अन्त्य गरेमात्र दाइको आत्माले शान्ति पाउछ । ’गुरुङले भनिन

उनले भबे सार्की कास्की र कांग्रेसको मात्र नभइ सिङो देशको अगुवा रहेको बताउँदै भवे सार्की स्मृति प्रतिस्थानको स्थापनाको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।सोहीक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशकै जेठो विद्यालयमा टेक्नोलोजी भित्र्याउनु पर्ने बताइन् ।

२०५८ साल देखि राजा विरोधी आन्दोलनको नेतृत्व गरेका भवे सार्कीको पार्टीप्रतिको योगदान स्मरण गर्दै पार्टीले एउटा असल र इमान्दार नेतालाइ गुमाएको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले बताए ।देशको राजनैतिक परिवर्तनको लागि झण्डै २० वर्ष दलित संघको नेतृत्व गरेका सार्कीले जातिय छुवाछूतको लागि लड्दै सबै समान हुन भन्ने कुरा स्थापित गर्न लागिपरेका सार्कीको योगदानलाई काँग्रेसले उच्च सम्मानका साथ हेरेको ढकालले बताए ।

लोकतान्त्रिक आन्दोलन गरेर गए पनि केही समस्या बाँकी रहेको बताउँदै अनुसरण गरि हिड्नु पर्नेमा ढकालले जोड दिए । दलित संघले दलित समुदायमै हुने विभेद हटाउन पर्ने र सबै जातजाती एकै रहेको भन्ने कुरा स्थापित गर्न सके मात्र भवे सार्कीको सपना पूरा हुने ढकालले बताए ।

रविन्द्र प्रतिस्ठानको नाममा राज्यले जग्गा दिए भवे सार्की प्रतिस्ठान र बादल प्रतिस्ठानलाई समेत जग्गा दिनु पर्ने बताए ।त्यस्तै नेपाल दलित संघ केन्द्रिय सदस्य पशरुराम वो पोखरेले दलित योद्धाको कमिको महसुस भएको बताए । ‘भवे सार्की सबैसंग घुलमिल हुन सक्ने व्यक्ति थिए । मृत्यु भन्दा पनि जिउदो हुँदै दिने माया नै ठूलो हो र यो भवे सार्कीमा थियो, सबैलाइ माया गर्थे सालिन नेता गुमाएका छौ । ’पोखरेलले भने

परिवारलाई भन्दा पार्टीलार्इ देन दिएको व्यक्तिलाई पार्टिले बिर्सिएको हो कि भन्ने आफुलाई महशुस भएको उनले बताए । स्व. भवे सार्कीका जेठा छोरा गोविन्द नेपालीले बुबाको राजनैतिक लगाव देखेर विदेश जाने मोह हराएको बताए । ‘विदेश गएको भए आज धेरै कमाइन्थ्यो, तर बुबाको सपना पूरा गर्नु छ, त्यसैले राजनितीमा आएको हुँ ।’ नेपालीले बताए

कांग्रेसले परिवारलाइ बिर्से पनि परिवारले भने काङ्ग्रेसलाई नबिर्सने उनले बताए । वि.सं. २०००सालमा जन्मिएका विपिवादका अनुयायी सार्कीको २०७१ साल भदौमा निधन भएको हो । २०२८ साल देखि राजनीतिमा सक्रिय रहेका सार्की २०४२ सालमा कांग्रेसका सक्रिय सदस्य भएका थिए । विपिको आदर्शलाइ जस्ताको तस्तै उतार्न सके मात्र नेपाली नागरिकले लोकतन्त्रको महसुस गर्ने सोच भएका सार्की जुत्ता सिलाएरै जिविकोपार्जन गर्थे ।

कार्यक्रममा संस्कृत मा.विका प्रधानध्यापक गोविन्द सिग्देल , विद्यालय व्यवस्थापन समिती सदस्य गणेश थापा, नेपाल दलित संघ क्षेत्रीय सभापती मानबहादुर लाम्गादे, दलित संघ कास्की सभापती दुर्गाबहादुर सुनार , उपाध्यक्ष बाबुराम नेपाली ,मनबहादुर वि. क लगाएतले आआफ्नो भनाइ राखेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.