www.tandavnews.com
Fact ~ In search of truth

बिमला थापा बनिन् नाइटिङगल फो एन्जल्स् तीज क्वीन

पोखरा ।

नाइटिङगल फो एन्जल्स्ले आयोजना गरेको तीज क्वीन प्रतियोगिता सम्पन्न भएको छ ।

नाइटिङगल फो एन्जल्स्को छैठौ रमाइलो तीज कार्यक्रमका अवसरमा गरिएको तीज क्वीन प्रतियोगिता २०१९ मा बिमला थापाले तीज क्वीनको ताज हात पारिन् ।तीज क्वीन फस्ट रनरअप यशोधा क्षेत्री, सेकेन्ड रनरअप पुनम गुरुङ र थर्ड रनरअप सबिता गुरुङ भइन् ।

कार्यक्रममा गायक राजन कार्कीको दमदार प्रस्तुती रहेको थियो। भने नृत्य प्रतियोगिता, सहयोग हस्तान्तरण, महिला सम्मान तथा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । के.जि.पि ट्रेडर्स की सञ्चालिका किरण थापा, नाइटेङ्गगल ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका रोजी श्रेष्ठ, मोनालिसा ब्यटि पार्लर सञ्चालिका रिता गुरुङ्ग र श्रृया ब्युटि पार्लर सञ्चालिका रुकमा श्रेष्ठको संयुक्त सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको सञ्चालन नाइटेङ्गगल ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका रोजी श्रेष्ठले गरेकि थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.