
सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।
गण्डकी प्रदेश स्तरिय ‘सुप्रेम शारदा पत्रकारिता पुरस्कार’ को घोषणा गरिएको छ ।
पोखरामा आईतबार नेपाल प्रेस युनियन कास्कीले एक कार्यक्रममको आयोजना गर्दै ६ लाख अक्षयकोष सहितको पत्रकारिता पुरस्कारको घोषणा गरेको हो ।अक्षयकोषको संस्थापक तथा संघीय सांसद सुर्य बहादुर केसीले उक्त रकम नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिक्देललाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै संस्थापक केसीले गण्डकी प्रदेशमा क्रियाशिल पत्रकारलाई उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजको ५१ हजार रुपैया प्रदान गरिने बताए । पहिलो पुरस्कार महिलालाई दिन आग्रह गर्दै केसीले त्यसपश्चात समाबेशी हिसाबले दिन सुझाए ।
उनका अनुसार प्रेस युनियन कास्कीले सञ्चालन गर्नै उक्त पुरस्कारको हकदार १२ बर्ष पत्रकारिता गरेको सक्षम पत्रकार बन्नेछन । उनले उक्त पुरस्कार महिला केन्द्रित स्थापना गर्न खोजेको भएतापनि समाबेशीको आवजलाई बुलन्द गर्न खुल्ला पुरस्कार घोषणा गरेको बताए । उनले आफु जुवा तास नखेल्ने उल्लेख गर्दै भने, ‘मेरो जुवा भनेको यै हो । दान गर्ने हो ।’
सांसद केसीले केही महिनामै देशैभरका पत्रकारका लागि उपचार्थ अक्षयकोषको स्थापना गर्ने समेत बताए ।सांसद केसीले फरक प्रसंगमा सरकारले दिगोे बिकास गर्न नसकेको औल्याए । उनले बिकासको नाममा सडक बिस्तारको कामलाई मात्रै जोड दिएको बताउदै भने, ‘जेठमा बाटो खन्छ, असारमा बजेट सक्छ अनि साउनमा फेरी जस्ताको त्यस्तै ।’
कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रमेश पौडेल, रबिन्द्रनाथ बास्तोला, नेपाल पत्रकार महासँघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष बिमला भण्डारी लगायतले बोलेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.