
काठमाडौं ।
विमानभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा क्युएई र हु झिङहोङलाई शनिबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। दुवै जना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए। प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन्।

विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.