www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव सम्पादक गिरीको जित

पोखरा
ताण्डव न्यूज ।

पत्रकारिता अर्थात आवाजविहीनहरुको आवाज । तर पत्रकारितामा आवाजविहीनहरुको आवाज ल्याउने पत्रकार औंलामा गन्न पुग्नेमात्रै छन् ।

निर्धाहरुको आवाज, दबाइएको आवाज र डर, दबाब अनि धम्कीहरुबाट पीडितहरुको आवाजलाई समाचार बनाउने थोरै र दुर्लभ पत्रकारमध्येका एक हुन् अर्जुन गिरी ।

Batas

समाचारबारे पत्रकारितामा एउटा भनाइ छ, समाचार त्यो सूचना हो जो कसैको स्वार्थमा लुकाइन्छ, अरु त विज्ञापन हुन् । हो, त्यस्तै कसैको स्वार्थमा लुकाइएका सूचना खोतल्ने निर्भीक पत्रकार हुन् अर्जुन गिरी ।

पछिल्लो समय जग्गा कारोबारमा पोखराका चर्चित व्यवसायीबाट ठगिएका २ जनाको आवाजलाई समाचार बनाए स्वरुप पत्रकार अर्जुन गिरीमाथि ठगीका आरोपित व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए ।

त्यही मुद्दाको छिनोफानो काठमाडौं जिल्ला अदालतले आज (भदौ ८ गते आइतबार ) गरेको छ । न्यायधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.