www.tandavnews.com
Fact ~ In search of truth

‘वडाले मात्र विकास गर्न सम्भव छैन’

पाेखरा
ताण्डव न्यूज ।

१) अध्यक्ष ज्यूको दैनिकी कसरी गुज्रिरहेको छ ?

हाम्रो दैनिकी भनेको अफिस कुर्ने जनताको सेवा गर्ने हो । ठ्याक्कै भन्नुपर्दा हाल महानगरले रातो किताब निकालेको छैन, त्यसकारण हामी वडाकै काममा नै छौ । त्यसमा पनि हालै मात्र नेपाल सरकारको अहिलेको नयाँ नीति अनुसार व्यापार व्यवसाय गर्नका लागि अनिवार्य प्यान दर्ता हुनुपर्ने भएकाले व्यवसायको दर्ता गर्ने काममा नै हामी लागिरहेका छौ । बिगतका दुई बर्षमा हामीले पूर्वाधारका कामहरु जस्तै बाटो निर्माण, खानेपानी, रोजगार सम्बन्धी विभिन्न कार्यक्रमहरुमा समेत सम्पन्न गरिसकेका छांै ।

Batas

२) हाल कुन–कुन योजनामा व्यस्त हुनुहुन्छ ?

हालको कुरा गर्दा अहिले हरेक ठाउँमा डेंगु फैलिरहेको हुनाले हाम्रो वडाबाट स्थानीयहरुलाई सचेतनाका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु गरेका छौ । विभिन्न संघ–सस्थाका अध्यक्षहरु टोल विकास संस्थाका महिला प्रतिनिधिहरु साथै महिला संघका अध्यक्षको सहकार्यमा सचेतना कार्यक्रम आयोजना ग¥यौ । डेंगुको बासस्थानलाई अनुगमन गरी नियन्त्रण समेत गरेका छौ । साथै डेंगुको लागि अन्य टोल विकास संस्थाहरुले पनि समय मागिरहनु भएको छ, त्यसको लागि हामीले कामको योजना बनाएका छौ । टोलबासीहरुको सचेतनाको लागि हामीले जिगंलको पनि व्यवस्था गरेका छौ । तर त्यो नआएको हुनाले टोलको वरिपरी भएको संकास्पद बासस्थानलाई नष्ट गर्नका लागि माइकिङ गर्ने योजनामा छौ ।

३) वडा १० ले सेवाग्राहीलाई कसरी सेवा उपलब्ध गराउँदै आउनु भएको छ ?

सेवाग्राहीले वडाबाट पाउने कस्तो किसिमको सेवा सुविधा हो । त्यो प्रक्रिया अनुसार पाउँदै आउनु भएको छ । त्यहीअनुसार हामीले हाम्रो वडाको तर्फबाट सक्दो छिटो र छरिदो तरिकाले दिने कोशिस गर्दै छौ । हाम्रो वडामा पेन्सिन क्याम परेको हुनाले, यहाँ पेन्सिनको समस्या धेरै नै छ ।

त्यसमा के समस्या छ भन्दा भर्ती हुन जाँदा एउटा नाम दिने, नागरिकतामा अर्काे नाम हुने जसमा श्रीमतीको नाम पनि फरक र जन्म मितिमा समेत फरक पर्ने गएको समस्याहरुको बारेमा हामीले जन्ममिति नाम भएका एउटै व्यक्ति हुन भनेर हामीले सिडियो कार्यालयमा पठाएका छौ । तर, इन्डियन पेन्सन क्यामले भने कतिपय कुराहरुमा विश्वास नगरेको पनि देखिएको छ । यसैको बारेमा हामीले इन्डियन कम्पनीसँग पनि कुराकानी गरेका छौं । यहाँ धेरै जसो लाहुरे बस्ती भएको कारणले गर्दा यस्ता समस्याहरु धेरै आउँछन् ।

४) जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आउनुभएको २ बर्ष बितिसकेको छ, वडा विकासका लागि के–के कामहरु गर्नुभयो ?

वडा विकासका लागि काम भनेको सबैभन्दा ठूलो विकास नै पूर्वाधार हो । त्यसमा यो सडकको बिषय बनेको समयसँगै परिवर्तन हुँदै आउने कुराहरु पनि हुन । हाम्रो यो वडामा खानेपानीको महत्वपूर्ण भएको एरियामा पानीको पाइप बिछ्याउने कामहरु सम्पन्न भएको छ ।

यसमा पनि पहिलो बर्ष हामीले चुलो र चौको गरेर बसेका दिदीबहिनीहरुको व्यक्तित्व निखारका लागि कानुनी तालिम, स्वरोजगार सम्बन्धी तालिम, माला, पोते बुन्ने तालिम साथै ३ महिने सिलाईसँगै बुटिकको तालिमहरु पनि दिएका थियौ । यस्तै हामीले वडा नं १० मा जेष्ठ नागरिक मिलन केन्द्रको सञ्चालन गरेका छौ । हामीले बर्षेनी उहाँहरुलाई घुमाउने पनि गरेका छौ । घरमा बसेर दिन कटाउन गाह्रो हुने भएको हुनाले हामीले त्यसको आयोजना गरेका हौ ।

५) वडा बजेटको अवस्था कस्तो छ ? प्रतिपक्षको भुमिकामा हुनुहुन्छ,महानगरबाट कस्तो सहयोग पाउनु भएको छ ?

वडाको बजेटको अवस्थाको बारेमा कुरा गर्दा हामी ११ जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका छौ । २२ जना वडा अध्यक्ष नेकपाबाट बिजयी हुनुभएको छ । त्यसमा हामीलाई केही कुरामा चित्त नबुझेर हामीले महानगरमा तालाबन्दी पनि गरेका थियौ । त्यसपछि मेयर साबसँग पनि कुरा भएर संशोधन हुने भएपछि हामीले ताला खोलेका थियौ । त्यसले गर्दा पनि बजेट कस्तो र कति छ भन्ने कुरा त्यहाँबाट नै थाहा हुन्छ ।

महानगरबाट मेयरसाबले सहयोग नै नगर्ने भन्ने छैन्, विकासका कुरा गर्दा हामीले हाम्रो वडा राम्रो बनायौ भने त्यसका श्रेय मेयरलाई पनि जान्छ । त्यसको लागि हामी सबै वडा अध्यक्षहरुको राम्रो सहयोग छ । हामी ५ बर्ष अध्यक्षको पोष्टमा बसेपछि कम्तिमा पनि नयाँ पुस्ताका लागि सम्झनाका पात्रहरु हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसको लागि मैले मेयर साबलाई धेरै नै झक्झकाएको छु ।

३ सय ७५ को हाराहारीमा सेती नदीमा झोलुङगे पुल राख्न सकियो भने पछि सम्म धेरै राम्रो हुन्छ । पहिला हामीले पूर्वाधार निर्माण गर्दै जानुपर्छ त्यसले गर्दा टुरिजम आउने कुरामा पनि बुद्धि हँुदै जान्छ ।

६) वडा नं १० लाई स्मार्ट बनाउन कस्तो योजना बनाउनु भएको छ ?

स्मार्ट सिटीको बारेमा कुरा गर्दा हामीले बोल्ने एउटा र गर्ने एउटा हो । स्मार्ट सिटीको लागि हामीले सुरुमा खाका कोर्नु पर्छ । तर, अहिले हामी बेसिक लेवलमा छौ, त्यसमा कसरी जाने भन्ने तयारीमा नै छौ । स्मार्ट सिटीको लागि मैले पहिलो प्राथमिकता फोहोरमैलालाई नै राखेको छु ।

हाम्रो १० नम्बर वडामा जनघनत्व बढी भएकाले करेसाबारीहरु सकिन लागेको अवस्था छ । त्यसकारण कौसी खेतीलाई प्रोत्साहन गर्ने र बिहान बेलुका खाने तरकारी कौसीमा नै उत्पादन गर्नुपर्छ भन्ने हाम्रो वडाको सबै सदस्यको सहकार्यमा त्यसैलाई बढी प्राथमिकता दिइराखेका छौ । अहिले हामीले १ सय ५० वटा कम्पोष्ट मलको बिन बाढेका थियौ । वोइष्ट म्यानेजमेन्टसँगको सहकार्यमा हामीले ४ हजार प्रति घरहरुमा नकुहिने फोहोर राख्नका लागि बाल्टिन बाढ्ने योजना बनाएका छौ ।

फोहोर मोहरमा बदल्ने भनेर हामीले त्यसको सुरुवात गरेका छौ । अब फोहोरमैला वडाले नै सञ्चालन गर्न लागेका छौ । फोहोरमैला बाट स्वच्छ बन्ने हाम्रो पहिलो उद्देश्य हो ।

७) अबको तीन बर्षमा वडालाई कुन स्तरमा देख्न सकिन्छ ?

अबको तीन बर्षमा वडा नं १० भित्र कुनै बाटो कच्ची हँुदैन होला । र जुन आधारभूत आवश्यकता छन खानेपानी र विद्युत त्यसलाई हामीले पूरा गरेर मात्रै छोडछौ भन्ने हाम्रो वडाको उद्देश्य छ ।

८) स्थानीयहरुलाई के भन्न चाहनुहुन्छ ?

हाम्रो वडा नं १० का मतदाता यहाँका बासिन्दाहरुलाई, वडाले मात्र विकास गरेर विकास गर्न सम्भव छैन् । यसको लागि वडाबासीको सहयोग बिना केही पनि हँुदैन त्यसकारण बाटोको मापदण्डको बिषयमा बाटो फराकिलो बनाउने बिषयमा कति किसिमका समस्याहरु आउँछन त्यसकारण त्यो आफ्नै लागि हो भनेर सोचिदिनु होला । हामी सबैले वडा विकासको लागि सोचिदिनु आवश्यक छ ।
प्रस्तुति : बिनिता सुनार 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.