www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञा तोड्दै रवि समर्थक, आज पनि प्रर्दशन

चितवन ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानबिन लागि हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकले निषेधाज्ञाको प्रवाहै नगरी आज पनि प्रदर्शन जारी राखेका छन् ।जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि समर्थकहरुले प्रदर्शनलाई जारी राखेका हुन् ।

समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्याली गरेका छन् । त्यस्तै, भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा पनि झडप भइरहेको छ । शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्रि सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

आज बिहान देखि चितवनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गर्दै पाँच जना भन्दा बढीको संख्यामा समुह बनाएर बस्न मनाही गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.