www.tandavnews.com
Fact ~ In search of truth

पुडासैनीले आत्महत्या नै गरेको अदालतको निष्कर्ष

पोखरा
ताण्डव न्यूज ।

चितवनको एक होटलमा झुण्डीएको अवस्थामा मृत भेटिएका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या नै गरेको निष्कर्ष निकालेको छ । पुडासैनीको मृत्युबारे हत्या कि आत्महत्या भन्ने विषयमा विविध टिकाटप्पणी चर्चामा आएका थिए ।

आज जिल्ला अदालत चितवनमा भएको बहसमा पुडासैनीले आत्महत्या गरेको निष्कर्ष निकाल्दै थप पुष्टि गर्न नपर्ने जनाएको बहसमा सहभागी अधिवक्ता स्वागत नेपालले जनाएका छन् ।

Batas

नेपालले भनेका छन् ‘पुडासैनी प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको छ, अदालतले पनि औपचारिक रुपमा आत्महत्या नै मानिसकेको छ । आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब हत्या होइन आत्महत्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि आदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन… । ‘

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.