www.tandavnews.com
Fact ~ In search of truth

झण्झटमुक्त सेवाप्रवाह गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

footware

परासी ।

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उनले भने, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट हुनुहुँदैन, यस्तो गतिविधिले देश बन्न सक्दैन ।”

Batas

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको विकासमा नेपाल सरकारबाट नियमित बजेट विनियोजन हुने व्यवस्था मिलाइएको जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास कोषमा आउने बजेट पनि रामग्राममा ल्याउन स्थानीय जनप्रतिनिधिले पहल गर्नुपर्नेमा जोड दिए ।

उनकै पहलमा नेपाल सरकारबाट रामग्राम स्तुपको विकासका लागि गत आव र चालू आवमा समेत गरी एक करोड बजेट विनियोजन भएको थियो । “रामग्रामलाई गन्तव्यको सूचीभित्र पार्न पनि मैले पहल गरेँ, सफल पनि भइयो, अब स्तुपको विकासका लागि सबैभन्दा पहिला जग्गा अधिग्रहणलाई जोड दिनुपर्छ ।

राष्ट्रियसभा सदस्य रामलखन हरिजनले रामग्राम स्तुप र समग्र नवलपरासीको विकासमा आफूले राष्ट्रियसभामा आवाज उठाउँदै आएको र सरकारले पनि सुनुवाइ गरिरहेको जानकारी दिए ।प्रदेशसभा सदस्य वैजनाथ जयसवालले रामग्राम स्तुप र पण्डितपुरको विकासमा लुम्बिनी विकास कोषले यथोचित ध्यान नदिएको गुनासो गरे ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले लुम्बिनी विकास कोषको अधिनमा रहेकाले स्तुप क्षेत्रमा ठोस योजना ल्याउन नपाएको उल्लेख गरे । नगर उपप्रमुख रम्भा कुँवरले स्तुप क्षेत्रमा भौतिक पूर्वाधारको व्यवस्था हुनुपर्ने आवश्यकता औल्याए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.