
पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशन मार्फत आगामी कार्यकालको नेतृत्वको लागि भएको मनोनयन दर्तामा अध्यक्षमा ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिवमा गोपिचन्द्र वास्तोला, उपमहासचिव राजु सुवेदी र कोषाध्यक्ष जानुका पराजुली निर्विरोध निर्वाचित भएका छन् ।खुल्ला सदस्यहरुमा भरतराज ओझा, भीमबहादुर नेपाली काइला, रामजी पौडेल, धिरजकुमार श्रेष्ठ, बुद्धिप्रसाद बास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल, राधाकृष्ण अधिकारी, शैलेन्द्रमोहन भट्टराई पनि सर्वसम्मत भएका छन् ।
महिला सदस्यमा डिलकुमारी दाहाल ९सन्ध्या०, इन्दिरा रोक्का, एसोसिएट सदस्यमा बिक्रम कर्माचार्य, संस्थागत सदस्यमा सुदेब गुरुङ सर्वसम्मत निर्वाचित भएको पूर्व अध्यक्ष बाबुराम गिरीले जानकारी दिएका छन् ।
भदौ २० र २१ गते संघको अधिवेशन हुदैँछ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.