www.tandavnews.com
Fact ~ In search of truth

कमाउने मात्र हैन, खर्च पनि गरौँ : अर्थमन्त्री गुरुङ

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले कमाएको रकम खर्च गरेर पैसालाई चलायमान गरिराख्न आग्रह गरेका छन् ।

पूँजी बजारलाई अगाडी बढाएर समृद्ध नेपाल बनाउन । गण्डकी प्रदेशमा भएको आर्थिक तथा शेयर बजारसम्बन्धी पहिलो तालीम/प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन समारोहलाई सम्बोदन गर्दै गण्डकीका कार्यबाहक मुख्यमन्त्री समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।

‘हामीले केहि खास योजना, कार्यक्रमका निम्ती बाहेक सबै कुरामा आश्रीत भएर बाहिरबाट लगानी ल्याउनुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘हामीसँग नै लगानी गर्न सक्ने क्षमता छ । तर त्यो लगानी गर्न सक्ने क्षमता कसरी अड्कीएको छ त भन्दा हामी खर्च गर्दैनौ ।’ नेपालीले कमाएको रकम खर्च नगरेको उनको भनाई छ ।

‘एउटाले खर्च गरे अर्काले चलाउँछ, अर्काले अर्काले चलाउँछ,’ उनले भने, ‘मानसिकता नै कमायो भने यसलाई बचाएरै राख्नुपर्छ भन्ने छ । खर्चै गर्दैनौँ । एक रुपैयाँ दिनभरी खल्तीमा राखेर के हुन्छ ? त्यसको भ्यालु एक रुपैयाँ नै रह्यो । हामीसँग पूँजी छ । खर्च गरौँ । पैसालाई चलायमान गरौँ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.