www.tandavnews.com
Fact ~ In search of truth

भातृसंस्था बारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं ।

असार तेस्रो सातादेखि जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

Batas

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।

आजको बैठकले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.