www.tandavnews.com
Fact ~ In search of truth

सिमरा र भैरहवाबाट इन्ट्री भएर पोखरा ल्याण्ड हुनेछ एयरबस ३१९ र ३२०

पोखरा
ताण्डव न्यूज ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एयरबस ३१९ र ३२० ल्याण्ड हुने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणका डिजी राजन पोखरेलले कति क्षमताको प्लेन आउनेबारे बताएका हुन् ।

३१९ सजिले ल्याण्ड हुने यस विमानस्थलमा पोखरेलका अनुसार विमानस्थलको अघि रहेको डाँडा खारिएपछि एयरबस ३२० ल्याण्ड हुन सक्छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउने यि प्लेनको सिट क्षमता १४० देखि १६० हो ।

Batas

नेपालका लागि प्लेनको इन्ट्री रुट हालसम्म सिमरा मात्रै रहेको जनाउँदै उनले भैरहवाबाट इन्ट्री गर्नका लागि भारतसँग लगभग कुरा मिलिसकेको जनाउ दिए ।

आज(बुधबार) निर्माणधिन विमानस्थल निरिक्षणकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईसहितको टोलीले पोखरा आइपुगेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.