www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–जापान सिधा उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौं ।

नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान सुरु हुदैँ । आजदेखि नेपाल एयरलाइन्सले जापान लागि सिधा उडान सुरु गर्न लागेको हो ।

त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।पहिलो उडान आज राति २ः३० बजे हुने भएको छ ।पहिलो उडानमा ९० यात्रु सहभागी हुने भएको निगमले जनाएको छ यद्यपी यकिन संख्या आज बेलुका सम्म तय हुने जनाइएको छ।

साथै २५ जनाको नेपाली टोली पनि जापान जाने भएको छ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने निगमले जनाएको छ । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । जनवरीबाट निगमले टोकियो उडान पनि भर्ने भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.