www.tandavnews.com
Fact ~ In search of truth

आयोजक जक्शन सिक्स्टिन ‘ए’ ले जित्यो ‘पोखरा मिडिया कप’को उपाधि

पोखरा ।

‘पोखरा मिडिया कप’ को उपाधि आयोजक ‘जक्शन १६’ ‘ए’ ले जितेको छ ।

बिग एफएमको प्रस्तुतिमा भएको पहिलो संस्करणको खेलको फाइनल राउण्डमा आयोजक ‘जक्शन १६’को तर्फबाट खेलेका ‘ए’ र ‘बी’ समूहमध्ये समूह ‘ए’ विजेता बन्यो ।

खेलअवधीभर दुवै पक्षबाट १–१ गोल भएको थियो । बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरले गरेको थियो । टाइब्रेकरको क्रममा ‘जक्शन १६’को समूह ‘ए’का गोलकिपरले गौसब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो समूहलाई जिताएका थिए ।

पहिलो सँस्करणको पोखरा मिडिया कपको विजेता बनेसँगै आयोजक जक्शन १६ ‘ए’ले नगद ३५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बन्दै जक्शन १६ ‘बी’ले २० हजार रुपैयाँ नगदसँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलाडीहरुलाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका संचालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।

त्यो भन्दा अगाडि प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले सबै सहभागीलाई धन्यबाद ज्ञापन गरे । साथै उनले यो प्रतियोगिताले पुरै पत्रकारिता जगत नै फुटसलको माध्यमबाट खेलप्रति आकर्षित भएको महशुस गरेको बताए ।

‘यो खेलकुद र पत्रकारिता क्षेत्रकै लागि राम्रो सन्देश हो । र, व्यक्तिगत रुपमा पनि हरेक सहभागीलाई यो खेलकुद प्रतियोगिताले राम्रो गर्ने निश्चित नै छ ।’ सांसद थापाले भने–‘आपसमा भाइचारा बढाउनुसँगै स्वास्थ्यप्रति सचेतना पनि जगाउने यस्ता खाले प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्छ ।’

प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विजय नेपालीले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधीभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाइ स्कोरर’को उपाधी प्राप्त गरे । प्रतियोगिताभर सबैभन्दा अनुशासित खेल खेलेको भन्दै ‘भोग स्टुडियो’ पुरस्कृत भएको थियो ।

यसैबीच आयोजक जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले खेल अवधीभर साथ दिने सम्पूर्ण सहभागीहरुसँगै सम्बन्धिन संघसंस्था र प्रायोजकहरुलाई विशेष धन्यबाद दिएको छ । ‘सबै मिडियाकर्मी साथीहरु र सहयोगी संघसंस्थाहरुले साथ दिएकै कारण हामीले सफल रुपमा पहिलो सँस्करणको पोखरा मिडिया कप सम्पन्न गर्न सक्यौँ । र, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ।’ प्रतियोगिताका सँयोजक अरुण गिरीले भने ।

‘बिग एफएम’को प्रस्तुतीमा भएको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका थिए । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका थिए ।

प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका थिए । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका थिए ।

त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.