www.tandavnews.com
Fact ~ In search of truth

दिपालाई मिसेस तिज क्वीनको उपाधि

पोखरा ।

आँबुखैरेनी डान्स क्लबले आयोजना गरेको मिसेस तिज क्वीनको ताज दिपा सोमै मगरले जितेकी छिन ।

बिवाहित महिलाहरु बिच भएको सौैन्दर्य प्रतियोगितामा सहभागि दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै सोमै मगरले उपाधि जितेकी हुन ।

उपाधिसँगै उनले ताज, अवार्ड, नगद रु २० हजार, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर हात पारिन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअप क्रमश गायत्री गुरुङ र बिष्णु बयलकोटी घोषित हुदै ताज तथा नगद १० हजार र ५ हजार, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै सान्त्वनाको रुपमा शुष्मा गिरी पुरस्कृत भईकी थिईन ।

प्रतियोगितामा मिस क्वीन तनहुँकी पहिलो बिजेता शर्मिला दुरा, उत्कृष्ट कोरियोग्राफर उस्ति थापा र उत्कृष्ट मेकअप आर्टिस्ट रेनुका थापा निर्णायकको भुमिकामा रहेका थिए ।बिभिन्न चरणबाट छनौट गरी अन्तिम चरणमा ७ जना प्रशेब गरेका थिए । आयोजकका अनुसार अन्तिम चरणमा सोधिएको बौद्धिक प्रश्न मध्ये दिपा सोमैले उत्कृष्ट उत्तर दिदै बिजेता बनेका हुन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.