www.tandavnews.com
Fact ~ In search of truth

पोखराका दुई युवक कावासोतीमा लागूऔषध सहित पक्राउ

पोखरा ।

कावासोतीमा पोखराका २ युवक र काठमाडौंका एक युवक गरि ३ जना लागूऔषध सहित पक्राउ परेका छन्

बुटवलदेखि काठमाडौं जाँदै गरेको लु २ ख १५७९ नम्बरको बसमा लागूऔषधसहित सवार उनीहरुलाई बुटवल प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका –१५ मालेपाटन बस्ने वर्ष २७ का दिनेश वि.क, मालेपाटनमै बस्ने वर्ष ३१ का सुनिल गायक र काठमाडौं महानगरपालिका–१४ बस्ने वर्ष ३४ का अजय सुनार रहेका छन् ।

Batas

प्रहरीले टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट फेनरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाईजेपाम ७५ एम्पुल गरी २२५ एम्पुल लागुऔषध बरामद भएको छ ।उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.