www.tandavnews.com
Fact ~ In search of truth

राखेप सदस्य राजेश गुरुङले भने–‘सहारा एकेडेमीको मैदान उपयूक्त छ’

पोखरा।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना मिती नजिकिंदै जाँदा पोखरामा हुने महिला फुटबलका लागि प्रशिक्षण मैदानमा लागि तयारी गर्न यति बेला राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य राजेश गुरुङ ब्यस्त रहेका छन ।

यसै क्रममा पोखरा दोविल्ला स्थित राखेप सदस्यले विहिबार सहारा एकेडेमीको खेल मैदान निरिक्षण गरेका छन । राखेप सदस्य भए पछि पहिलो पटक सहारा एकेडेमी पुगेका गुरुङले साग खेलमा सहाराको मैदान प्रशिक्षणका लागि उपयूक्त रहेको बताएका छन ।
सो अवसरमा प्रशिक्षणका दौरान आवश्यक पूर्वाधारहरुको निर्माण तथा मर्मतका लागि यथाशिघ्र पहल थाल्ने बताए । उनले भने,‘सहाराको खेल मैदान उपयुक्त छ र यहाँको शान्त वातावरणमा प्रशिक्षण गर्न पाउँदा जुन सुकै देशका खेलाडी पनि प्रफुल्लित हुनेछन ।’

सागका क्रममा पोखरामा हुने सात खेल मध्ये महिला फुटबलका लागि सबै देशका टोलीलाई सुविधा सम्पन्न प्रशिक्षण मैदान आवश्यक रहेको तर्फ इंगित गर्दै उनले सहारा एकेडेमीको खेल मैदान प्रयोगका लागि अखिल नेपाल फुटबल संघसँग समेत छलफल गर्ने बताए ।

सहारा एकेडेमीमा पुगेका राखेप सदस्य गुरुङले एकेडेमीमा रहेका कठिन परिस्थितीका बालकहरुसँग भेटघाट गर्दै उनले सहाराले दिएको सहारालाई जिवनमा नर्विसन आग्रह गरे । ‘अहिले यहाँ बस्ने तपाईहरुका लागि यतिबेला सहारा अभिभावक भएकोे छ,भोली आफ्नो खुट्टामा उभिएको बेला सहाराले लगाएको गुन तिर्नु होला ।’

राखेप सदस्य गुरुङ एकेडेमी पुग्दा एकेडेमीका अध्यक्ष विक्रम थकालीले स्वागत गरेका थिए । सो अबसरमा हालै यूके बाट नेपाल आएका सहारा क्लव पोखराका सदस्य तथा सहारा यूकेका सल्लाहकार महेश गुरुङले राखेप सदस्य गुरुङलाई बोर्ड सदस्य भएकोमा खादा लगाएर सम्मान गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.