
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्री हसिना शर्मा नियुक्त भएकी छिन्।
बिहीबार बसेको सञ्चालक समिति बैठकले श्री हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो। शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रूपमा कार्य गरिसकेको लामो अनुभव रहेको बैंकले जानकारी दिएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८० एटिएम र १,५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.