www.tandavnews.com
Fact ~ In search of truth

आज दिनभर पानी पर्ने सम्भावनाःयस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं ।

आज (आइतबार) काठमाडौं उपत्यकाहित मध्य तथा पश्चिम क्षेत्रमा दिनभरजसो पानी पर्ने मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यका र पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ।

दिउँसो केही खुलेजस्तो भए पनि राति फेरि पानी पर्ने सम्भावना मौसम पुर्वानताए। मौसम भोलिसम्म यस्तै रहने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।मौसम पुर्वानुमान महाशाखाको अनुसार अहिले पूर्वी क्षेत्रमा भने मौसम सामान्य छ।

Batas

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १५ गते आइतबार

दिउँसो : देशको पश्चिमी भू(भागमा सामान्य बदली साथै मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा साथै पूर्व र मध्यका थोरै स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

राति : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १६ गते सोमबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहितत हल्कादेखि मध्यम वर्षा हुनेछ।

रातिः देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भाद्र १७ गते मंगलबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति : देशभरि सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.