www.tandavnews.com
Fact ~ In search of truth

‘… मन अमिलाे बनाउँदै काम तिर लागें’

स्कुले जागिर सकेर भर्खर घर आइ पुगेर झोला फालेर बाहिर बेन्चमा ठुस्स बसेको थिएँ । भाइ नजिकै आएर झोला खोलेर च्याउ निकाल्दै भन्यो, ‘दाइ घरमा तीज आइच्च केरे…।’

आमा गाउँबाट आउनु भाको रैछ । ‘दिदी काठमाडौंबाट आउँदै हुनुहुन्छ रमाइलो हुनि भो है दाइ,’ भाइ भन्दै थियो । म पनि खुशी थिएँ । घरमाथिका आरके दाइले फोन गर्नु भयो । ‘स्याना खसी काट्ने मेसो छ उक्लि यता ।’ चियाको सुर्की सकेर घरबाट निस्किए । खसी काट्कुट पारेर भुटन सितन खाएर घर आएँ । एउटा पोको हातमा थियो । घर आइपुग्दा हजुरआमा माइली फूपू टुप्लुक्क आइपुग्नु भो ।

आफन्त आफ्ना भए न चाड आएको हुनी रैछ । मन क्या खुसी भो । दुःख सुखका गफ मार्दै मोबाइलको घन्टी बज्यो । कान्छी फूपू काठमाडौंबाट आउँदै हुनुहुन्त्यो । लिन आइजा भन्नको लागि फोन गर्नुभको रहेछ । यसो बाहिर आँखा डुलाएको देखिहाले । लिएर आइपनि । साच्चै तीज हाम्रै घर आयो अनि ठूली फूपूलाई फोन गरें । तुरुन्त लिन आम भनेको आफै आउछु भन्नु भो अझै खुसी थपियो ।

Batas

तामा, कर्कलो, करेलो मलाइ खुप मन पर्ने तरकारी । आमा पकाउन थाल्नु भयो हामी भने गफमा ब्यस्त भयौं । ‘यसपाली पानी परेन, धान गतिलो भएन, मान्छे जति सबै बिदेश र बजार कोइ छैन गाउँमा, मलामी पनि पाउन गाह्रो हुनी भओ सबैका गन्थन, देश नेताले बिगारे, भैंसी ब्याउनी छ, गफ सुन्दा गर्दा पनि खुप रहर लाग्ने । तीजको बेला सबै कलाकार प्राय ब्यस्त नै रहन्छन ।

कार्यक्रमकै लागि कोरिया एप्लाइ गरेको एम्बेसीले भिषा दिएको थिएन । अलि–अलि रिस उठ्या थियो । आतंकबादीको नाइके झै ठानेर दिएन भिषा भन्दै बसेको थिए । र पनि खाली बस्नु त नपर्ने दर खादा को दिन पाल्पाको कार्यक्रम बोलेको थिए । झोलामा लुगाफाटो मिलाउँदै थिएँ । उताबाट बहिनी आइ । ‘दाइ दाइ’ आज गीत गाम्न एकछिन बसेर । मादलमा खरी हालेको पनि अर्थ भएन । यो दाइ तेसै भाउ खानी भन्दै दाहिने हात समातेर तान्न थाली….।

म झल्यास बिउझेछु । सपनाले झस्कायो । आडैमा राखेको गिलास र बोत्तल ताने । एक गिलास पानी पिए । सम्झे, त्यो रहर लाग्दो सपना सोंच्दा सोंच्दै घडी हेर्न पनि बिर्सेछु । हिजो बेलुका निन्द्रा परेन । छिटो सुत्दा बिहानको चार बजेको थियो । अहिले १० बजेछ । ११बजेको काम भेट्नु पर्नेछ । १० बजेर पनि घडीको सुइ उकालो लागि सकेछ । हतार–हतार उठे एक सुर्को चिया खानी फुर्सद पनि निस्केन । आज त आइतबार काम अलि धेरै हुन्छ । काम गर्नै परो । देशमा दर खानी दिन आज मन अमिलो पार्दै काम तिर लागे…।
हरितालिका तिज को सुभकामना सबै नेपाली मनहरुलाई ।

(नोट : म आफू र आफ्नो पेशामा आधारित रहेर हरेक चाडबाडमा प्रदेशीले भोग्ने, कल्पिने सत्यतालाई काल्पनिक रुपमा मात्र प्रस्तुत गरेको छु)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.