
काठमाडौं ।
उपकुलपति रिक्त भएका विश्वविद्यालयमा राजनीतिककरण नगरी उपकुलपति नियुक्तिको माग गर्दै काँग्रेस भातृ संस्था नेविसंघले विरोध प्रर्दशन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयलगायतका विश्व विद्यालयमा राजनीतिक हस्तक्षेप नगरी उपकुलपति नियुक्त गर्न माग गर्दै नेविसंघले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।
शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागबन्डा बन्द गर्न माग गर्दै नेविसंघले माइतीघर मण्डलमा खबरदारी स्वरुप नाराबाजी गरेको जनाइएको छ । नैतिकता र ज्ञान सिकाउने विश्वविद्यालय नै राजनीतिक अखडा बनेको भन्दै भागबन्डा गरिए चरणबद्ध आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ।

नेविसंघले सरकारविरूद्ध पनि नाराबाजी गरेका छन्। प्रदर्शनकारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’, भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर’ जस्ता नारा लगाएको जनाइएको छ।
त्रिविलगायत विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्ति भएको छैन।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.