www.tandavnews.com
Fact ~ In search of truth

पुलिस क्लबलाई राष्ट्रिय महिला भलिबलको उपाधि, मनिसा बनिन् उत्कृष्ट खेलाडी

पोखरा,
ताण्डव न्यूज ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

पोखराको लामाचौरमा हिजो (सोमबार) सम्पन्न फाइनल खेलमा होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीलाई (२५–१६, २५­­–१४ र २५–२०) को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

उपाधि सँगै नेपाल पुलिस क्लबले रु १ लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै उपविजेता न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो ।

६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितमा गण्डकी प्रदेश तेस्रो बन्यो । तेस्रो स्थानको बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३­–० को सोझो सेटमा पराजित गरेको थियो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्रको हकदार बन्यो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी नेपाल पुलिसकी मनिसा चौधरी घोषित भईन । सोही क्लबकै सुशिला थापा उत्कृष्ट सेटर र उत्कृष्ट स्पाईकरको उपाधि कोपिला उप्रेतीले पाईन । त्यस्तै गण्डकीका रस्मिता दुरा उत्कृष्ट लिब्रो, न्यू डायमण्डका झरना श्रेष्ठ उत्कृष्ट सर्भर बनिन् भने उत्कृष्ट ब्लकर पुष्पा चौधरी, उत्कृष्ट क्वीकरको रुपमा पबित्रा सेञ्चुरी पुरस्कृत बनिन् ।

बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले पुरस्कार बितरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.