
काठमाडौं ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल आज सिंगापुर जाने भएका छन्।
उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरु आज त्यसतर्फ जान लागेको जनाइएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल मंगलबार दिउँसो सिंगापुर जान लागेका हुन्।

उनीहरु दिउँसो साढे १ बजे सिंगापुर प्रस्थान गर्नेछन् । उनीहरु प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको जनाएइको छ। ५ भदौदेखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको मृगौलाको उपचार भइरहेको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।ओली शुक्रबार वा शनिबार स्वदेश फर्कने नेकपा स्रोतले जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.