
काठमाडौँ ।
भाषा र सीप मूल्यांकन परीक्षाको पूर्णाङकको ६० प्रतिशत ल्याउने परीक्षार्थी जापान जान पाउने भएका छन् ।
परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर ९एसएसडब्लु० अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका हुन्

अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म जापानिज भाषा र सीप मूल्यांकन परीक्षा हुने भएको छ ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन्।
कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल एक महिना पछि आउनेछ।परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ।
परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति अब केही समयमै तय हुने वैदेशिक रोजगार महाशाखाले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.