www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा र्याफ्टिङ ’ परीक्षण

मुस्ताङ ।

मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९÷२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले बताए ।

चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट भन्ने ठाउँसम्म जलयात्रा सञ्चालन गर्ने योजना छ । परीक्षणकारुपमा हालै तीनवटा डुङ्गामा २६ जना सहभागी भएर जलयात्रा गरिएको थियो ।

प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि जलयात्रामा सहभागी भएका थिए। करीब १६ किलोमिटर दूरीमा जलयात्रा गरिएको थियो । मध्य भागमा पर्ने घिलिङको खोचमा साघुरो भएकाले जोखिम भएपछि अन्य ठाउँमा जलयात्राको सम्भावना देखिएको सहभागी प्राविधिकले बताएका छन् ।

मुस्ताङमा पहिलो पटक जलयात्रा गरिएको हो । जलयात्राको परीक्षणका लागि पर्यटन बोर्ड र उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले सहयोग गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.