www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्चको गेटबाटै यसरी समात्यो   (भिडियाे सहित)

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएलगत्तै पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै मंगलबार अपरान्ह पक्राउ गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीका अनुसार हमाललाई सर्वोच्चको गेट बाहिरबाट प्रहरीले पुन: पक्राउ गरेको हो।

हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो। जैसीले सर्वोच्चको आदेश लत्याएर प्रहरीले हमाललाई प्रकाउ गरेकोमा आपत्ति जनाएका छन्।  यसअघि गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो।  सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

Batas

पत्रकार अाेम हमाल सर्बाेच्चकाे गेटबाटै फेरी पक्राउ भीडीयाे स्राेत जन्मदेव जैसी

पत्रकार अाेम हमाललाइ प्रहरीले सर्बाेच्चकाे गेटबाटै फेरी पक्राउ गरेकाे छ । भीडीयाे स्राेत जन्मदेव जैसी

Gepostet von Tandav News am Dienstag, 3. September 2019

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.