www.tandavnews.com
Fact ~ In search of truth

वीरगञ्जमा प्रहरीको गोली लागि एक घाइते, घाईतेको साथमा पेस्तोल र १७ राउन्ड गोली

पर्सा ।

पर्सा प्रहरीले अपराधिक क्रियाकलापमा संलग्न एक व्यक्तिलाई गोली हानी पक्राउ गरेको छ ।

पेस्तोल बोकेर हिडेका वीरगञ्ज महानगरपालिका–१६ इनर्वाका २६ वर्षीय सन्तोष दास लाई प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको जनाइएको छ ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.