www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा सिआइबी परिचालन !

पोखरा
ताण्डव न्यूज ।

गण्डकी सहित सातै प्रदेशमा केन्द्रीय अनुसन्धान व्युरोको सञ्जाललाई विस्तार गरिने भएको छ । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुुसन्धान व्युरो अब सातै प्रदेशमा केन्द्रीय अनुसन्धान सेल (सिआइसी) का नाममा परिचालन हुने भएको हो ।

यसको सञ्जाल विस्तारका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्युरो नियमावली २०७६ स्वीकृतिका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरेको छ ।

Batas

मन्त्रिपरिषद्को २ भदौको निर्णयानुसार उक्त नियमावली विधेयक समितिमा छलफलका लागि पेश भएको छ ।

संशोधिन नियमावलीअनुसार अब सातै प्रदेशका संघीय प्रहरी इकाई मातहत केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को शाखाका रुपमा सिआइसी रहने भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.