
पोखरा,
ताण्डव न्यूज ।
पत्रकार ओम हमालको रिहाइको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयको गेटमा पोखराका पत्रकारले धर्ना दिएका छन् ।
बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै हिजो अदालतले रिहा गर्न आदेश दिएलगत्तै पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो। हमाललाई तुरुन्तै रिहाईको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बझाएका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीका अनुसार हमाललाई सर्वोच्चको गेट बाहिरबाट प्रहरीले पुनः पक्राउ गरेको हो।हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो।
जैसीले सर्वोच्चको आदेश लत्याएर प्रहरीले हमाललाई प्रकाउ गरेकोमा आपत्ति जनाएका छन्। यसअघि गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.