
विराटनगर ।
प्रदेश १ को प्रदेशको नामाकरण अझै टुंगो लागेको छैन ।
सरकार गठन भएको डेढ वर्ष बितिसके पनि प्रदेश सरकारले नाम टुंगो लगाउन नसकेको हो ।सत्तारुढ सांसदहरुबीच भएको मतभेदका कारण नामाकरणमा देखिएको विवाद लम्बिने भएको छ ।

स्थायी राजधानीको टुंगो लगाइसकेको प्रदेश नं १ सरकारले नामको विषय भने सत्तारुढ सांसदबीच तीव्र मतभेद देखिएपछि तत्कालका लागि थाती राखेको छ ।
नामाकरणको विषयले संसदमै पनि त्यति महत्व नपाएका कारण यो विषय टुंगिन नसकेको जनाइएको छ ।जनजाती समुदायका सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने अडान राखेका छन् भने विभिन्न जातीय संगठनहरूले पनि त्यसमा दबाब दिइरहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेश सांसदहरुले भने सरकारले महत्व नदिएर नामाकरणमा विलम्ब भएको दाबी गर्छन ।
एकातर्फ सगरमाथा वा कोशी प्रदेश नामाकरण गर्ने विषयमा छलफल जारी छ भने अर्कोतर्फ जातीय पहिचानको आधारमा भन्दै किराँत, लिम्बुवान, खम्बुवान लगायतका नाममा राखिनुपर्ने दबाब छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.