www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा ८ आकांक्षी

पोखरा,
ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्यसमितिमा अध्यक्षताको उम्मेदवारमा ८ जनाले आकांक्षी जनाएका छन् । बुधबार कार्यसमितिको अन्तिम बैठक तथा उम्मेदवार घोषणा कार्यक्रममा ८ जनाले अध्यक्षमा आंकाक्षी जनाएको हुन् । जसमा अहिलेको वर्तमान अध्यक्ष शंकरविरही गुरुङ पनि दोहो¥याउने तयारीमा रहेको जनाएका छन् ।

उनीसँगै वर्तमान कार्यसमितिका सह–अध्यक्ष राजेन्द्र सापकोटा, अहिले सचिव रहेका पूर्ण परियार, कोषाध्यक्ष रहेका सुरेन्द्र गुरुङ, सचिवलाय सदस्यहरु कृष्ण अखेली, अमर धिताल, सिता केसी अध्यक्षको आकांक्षी रहेको छन् । साविक धौलागिरी अञ्चलका निर्वतमान अध्यक्ष तारानाथ आचार्य पनि अध्यक्षमा दावी गरेका छन् ।

Batas

वरिष्ठ र द्धितीय उपाध्यक्ष र महिला सचिवमा भने शिवहरी ढुंगाना, भोलाप्रसाद भण्डारी र मञ्जु विकको अहिलेसम्म एकल उम्मेदवार रहने देखिएको छ । प्रथम उपाध्यक्षमा जयकुमार परियार, चित्रसागर श्रेष्ठ र केशव देवकोटा प्रत्यासी उम्मेदवार हुन् । त्यस्तै महिला उपाध्यक्षमा रेणु केसी र माया गुरुङको प्रतिस्पर्धा रहने देखिन्छ । सचिवमा आरसी पौडेल, राजन कार्की र शिव केसीले इच्छा जाहेर गरेका छन् ।

समितिको कोषाध्यक्षमा नकुल ढकाल, केशव घिमिरे, निशा पोख्रेल, इन्द्रा गुरुङ, र शंकर पन्त रहेका छन् । सहसचिवमा अमिल विश्वकर्मा र रामजी पौडेलले दावा गरेका छन् । त्यस्तै सहकोषाध्यक्षमा पनि ईश्वर सिंह, युवराज भण्डारी, सविता केसी, कृष्ण सुवेदी र राजेन्द्र सुवेदीको प्रतिस्पर्धा पर्ने देखिएको छ ।

यसरी हरेक पदको लागि थुप्रै आकांक्षीहरु उठिरहँदा प्रदेशमा चुनाव हुने आशंका देखिएको छ । बुधबार बसेको अन्तिम बैठकले असोज ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अधिवेशनको दिन टुंगो लगाएको छ । अधिवेसन पोखरामा हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.