www.tandavnews.com
Fact ~ In search of truth

जीप दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुख व्यक्त

ताण्डव न्यूज ।
स्याङजामा बुधबार भएको जीप दुर्घटना प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुख व्यक्त गरेका छन् । विहिबार विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री गुरुङले घटनाले आफुलाई दुखी तुल्याएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । ‘यस दुःखद घडीमा शोकाकुल परिवारजन तथा आफन्तजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दछु, मुख्यमन्त्रीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । बुधबार पाल्पाको रामपुरबाट गल्याङ्गतर्फ आउँदै गरेको लु.१.ज ३८४१ नम्बरको जीप स्याङ्जा जिल्लाको गल्याङ्ग नगरपालिका, वडा नं. ३, गल्याङ्ग बजारमा दुर्घटनामा हुदा ३ जनाको मृत्यु भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.