
काठमाडौं ।
पूर्वसभासद् डीबी कार्कीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कार्कीलाई हिजो काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो ।
वामदेव गौतम निकटका नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएका उनी पक्राउ परेका हुन् ।

पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट सभासद बनेको कार्कीले प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई उनकै निवासबाट पक्राउ गरेको थियो। सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.