www.tandavnews.com
Fact ~ In search of truth

चाँडै यातायात क्षेत्रलाई व्यवस्थित गर्छाैँ मुख्यमन्त्री गुरुङ

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाडै व्यवस्थित गरिने बताएका छन । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए ।
गण्डकी ट्रक व्यावसायी संघको २० औ अधिवेशनको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताए । ‘संघले बनाउछ बनाउछु, डाफ्ट गरिरहेको छ भनेर भनिरहेको छ, संघको ऐन अनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकोले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौ, अव चाडै व्यवस्थित हुन्छ’ उनले भने । प्रदेश सरकारको राजश्व संकलन हुने क्षेत्र मध्ये यातायात क्षेत्र समेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न काम प्रदेश सरकारको प्राथमिकतामा परेको उनको भनाई छ । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न निति प्रदेश सरकारले ल्याइरहेको बताउदै उनले अन्य प्रदेशमा रहेका सवारी सधान प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने निति त्यसैको उदाहरण भएको उनले प्रष्ट्याए ।
विदेशी लगानीमा सवै सहयोग गरौ
मुख्यमन्त्री गुरुङले प्रदेशमा विदेशी लगानीमा प्रोहत्सन गर्न सवैले सहयोग गर्नुपर्ने बताए । ठुला ठुला लगानीहरु अहिले विभिन्न आन्दोलन र हड्तालका कारण प्रदेशमा आउने हिच्किचाइरहेको बताउदै उनले यो प्रबृत्ति प्रदेशको विकासका लागि घातक हुने बताए । उनले प्रदेशमा लगानीमैत्री बाताबरण बनाउने प्रदेश सरकारले कुनै कसर बॉकी नराख्ने भन्दै निजी क्षेत्रको सहयोगबाट मात्र प्रदेशले मध्यकालिन लक्ष्य प्राप्त गर्न सक्ने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.